२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रक्तदान

आइतवार , फाल्गुण २५, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • बुटवल, २५ फागुन । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रुपन्देहीको बुटवलमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । मानव जीवन बचाउन महिलाहरु पनि अग्रसर हुन सक्छन् भन्ने सन्देह प्रवाह गर्न विभिन्न २ दर्जन बढी संघ–संस्थाहरुले संयुक्त रुपमा आयोजित कार्यक्रममा १ सय ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक जानकी नेपालले बताइन् । तीमध्ये १ सय २५ जना महिला र २६ जना पुरुषले रक्तदान गरेको संयोजक नेपालले जानकारी दिइन् । 

    ‘रगत नपाए बुटवल जानु’ भन्ने नारा सार्थक रुप दिने समेत उद्देश्यले नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीको अगुवाइमा सञ्चारिका समूह रुपन्देही, क्रियाशील पत्रकार महिला (डब्लुडब्लु जे), रेडियो मुक्ति, बुटवल महिला जेसीज, लायन्स क्लब अफ भृकुटी, सयपत्री, ब्लु कोड एजुकेशन, लायन्स क्लव अफ बुटवल, परिवर्तन सामाजिक उद्यमी सहकारी संस्था, दुरदर्शी महिला कृषि सहकारी संस्था, महिमा ज्योति चर्चले सहकार्य गर्ने उद्देश्यका साथ संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए । 

    त्यसै गरी लायन्स क्लब अफ देउराली, शंकरनगर वाटिका, ईनरह्वील क्लब अफ जीतगढी, मानव अधिकारका लागि एकल महिला समूह, मैथिल समाज, लियो क्लब अफ सिद्धबाबा, रारा कृषि सहकारी संस्था, बुटवल मगर महिला संघ, भुपु सैनिक कल्याण क्लब महिला समिति, वेलफर सोसाइटी बुटवल लगायतका संस्थाहरुले पनि सहकार्य गरे संयोजक नेपालले बताइन् ।  

    महिला दिवसको अवसर पारेर महिलाहरुले हामी पनि सक्छौं भन्ने सन्देश प्रवाह गर्न महिलाहरुकै सक्रियतामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको र उत्साहजनक सहभागीता रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बताए । महिलाहरुका लागि रगत बढी आवश्यक हुने देखिएकोले महिलाहरुलाई नै रक्तदानका लागि अभिप्रेरित गर्ने उद्देश्यले पनि यो कार्यक्रमको महत्व रहेको चौहानको भनाइ छ ।