२०८३, श्रावण १९ गते

Aug 04 2026 | २०८३, श्रावण १९ गते

तिलोत्तमा–१४ मा नवनिर्मित वडा कार्यालय उद्घाटन

शनिवार , फाल्गुण २४, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • तिलोत्तमा, २४ फागुन । रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित टिकुलीगढमा वडा नम्बर १४ को नवनिर्मित भवन शुक्रबार उद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले भवनको उद्घाटन गरेका हुन् ।

    IMG_2168.JPG

    अपांगता तथा बालमैत्री संरचनामा बनाइएको आधुनिक भवनमा तल पार्किङ्गसहित २ तलामा हलसहित ८ वटा कोठा छन् । यो भवनसँगै नगरपालिकाले पुराना वडा कार्यालय भवन निर्माणसम्पन्न गर्ने चरणको सुरुवात गरी आफ्नै भवनमा सेवा सुचारु गर्न सफल भएको जनाएको छ । 

    लामो समयदेखि पुरानो गाविस भवनमा सेवा प्रवाह गर्दै आएको बताउदै वडा ध्यक्ष आश्विन पौडेलले वडाको आफ्नै भवन निर्माणपछि वडा नम्बर १४ का स्थानीय र नगरबासीले लाभ लिन सक्ने विश्वास व्यक्त गरे । तिलोत्तमाको वडा नम्बर १४ का वडाध्यक्ष पौडेलले छिटोछरितो रुपमा भवन निर्माण सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिए ।

    कार्यक्रममा मेयर खाणले तिलोत्तमा नगरपालिका वडागत रुपमा दरिलो भइसकेको र सेवाग्राहीहरुलाई छिटोछरितो सेवा प्रवाहका लागि वडादेखि नगरसम्म सबै भौतिक निर्माण तथा सेवा प्रवाह विस्तार गर्न आग्रह गरे । उनले भौतिकसँगै मानवीय विकासले नगरलाई सेवा प्रवाहमा चुस्त बनाउँदै लगेको सबै बताए । उनले सहज, छिटोछरितो र प्रभावकारी सेवाका लागि नगरपालिकासँगै वडा कार्यालयहरु समेत लागिपरेको बताउँदै सेवामा कुनै पनि कन्जुस्याई नगर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गरे ।

    कार्यक्रममा नगरपालिकाका वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल, कार्यपालिका सदस्य रवि सेन्चुरी, समाजसेवी प्रेम खरेल, राजेन्द्र गुरुङ लगायतले छोटो समयमै भवन निर्माणसम्पन्न भएकोप्रति खुसी ब्यक्त गरे।

    उद्घाटन समारोहमा जग्गा प्रदान गर्ने तथा सहजीकरण गर्ने ६ जनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सन्चालन वडा सचिव तेजेन्द्र बस्नेतले गरेका थिए ।