images

सोमवार, बैशाख १७ गते २०८१

पञ्चकन्या समुहले सञ्चालनमा ल्यायो विशेष आर्थिक क्षेत्रमा स्टील ट्यांक उद्योग

पञ्चकन्या समुहले सञ्चालनमा ल्यायो विशेष आर्थिक क्षेत्रमा स्टील ट्यांक उद्योग

images
images
images
शुक्रवार, चैत्र ६ २०७७
शुक्रवार, चैत्र ६ २०७७
  • पञ्चकन्या समुहले सञ्चालनमा ल्यायो विशेष आर्थिक क्षेत्रमा स्टील ट्यांक उद्योग

    भैरहवा, ६ चैत । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा सम्झौता गरेका उद्योगहरु सञ्चालनमा आउन नसकेको अवस्थामा नेपालकै ठुलोमध्येको औद्योगिक घरना पञ्चकन्या समुहले भने सेजमा उद्योग सञ्चालनमा ल्याएको छ । 

    images

    पञ्चकन्या समुह अन्र्तगतको पञ्चकन्या एस.एस एक्पोट्स प्रा.लि.ले सेजमा एस.एस ट्यांकी उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको हो । ३१ करोड बढी लागतमा सञ्चालनमा ल्याइएको उद्योगको पञ्चकन्या समुहका उपाध्यक्ष धुर्व कुमार श्रेष्ठले उद्घाटन गरे । 

    सेजमा सञ्चालनमा ल्याइएको उद्योगबाट २ सय ५० लिटर देखि १० हजार लिटर सम्मका ट्यांकी उत्पादन गर्न लागिएको पञ्चकन्या समुहका उपमहाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । १० हजार लिटर क्षमताको स्टील ट्यांकीको उत्पादन नेपालमै पहिलो हो । २०६९ सालदेखि काठमाण्डौको थानकोटमा स्टील ट्यांकी उत्पादन गर्दै आएको पञ्चकन्याले विदेश निर्यातमा थप सहजता ल्याउनका लागि सेजमा दोस्रो उद्योग स्थापना गरेको उपमहाप्रबन्धक साहुले जानकारी दिए । 

    161740736_294005878771846_2892578146243236714_n.jpg सेजको निर्देशिका अनुसार उद्योगले उत्पादन गरेका वस्तुको ६० प्रतिशत विदेश निर्यात गर्नुपर्ने हुन्छ भने ४० प्रतिशत स्वदेश खपत गर्न पाइनेछ । काठमाण्डौको उद्योगबाट उत्पादन भएका ट्यांकी भारतको लखनउ तथा कलकत्ता क्षेत्रमा निर्यात भइरहेकोमा भारतका लखनउ, कलकत्ता, गोरखपुर लगायतका ठूला शहरबाट स्टील ट्यांकको माग बढेका कारण सेजमा उद्योग सञ्चालनमा ल्याएको समुहले जनाएको छ ।

    प्रा.लि.ले ३ सय ४ तथा ३ सय १६ ग्रेडका भर्टिकल र होरिजेण्टल एस.एस ट्यांकी उत्पादन गरिरहेको छ । सेजमा सुरु भएको उद्योगले वार्षिक साना ठुला गरी ८० हजार वटा ट्यांकी उत्पादन गर्ने लक्ष्यका साथ काम गरिएको उपमहाप्रबन्धक साहुले जानकारी दिए । पञ्चकन्याले उद्योग सञ्चालनका लागि सेजमा ४ वटा प्लट ल्याएको छ ।

    161879043_988173231714832_7924045456692402689_n.jpgसेजमा सञ्चालनमा आएको पञ्चकन्या एस.एस. एक्पोट्स प्रा.लि.को उद्योगका कारण अब थप उद्योग छिट्टै सञ्चालनमा आउन सहज भएको विशेष आर्थिक क्षेत्र प्राधिकरण भैरहवाका प्रमुख अर्जुन पाण्डेले बताए । उनले सेजमा उद्योग सञ्चालनका लागि आवश्यक पर्ने विद्युत लगायतका प्राविधिक कुराको आवश्यक प्रबन्ध मिलाउने कार्य तीव्र पारिएको भन्दै अबको केही महिनाभित्रै सेजमा देखिएका समस्या समाधान हुने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij