२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब थप निकासा

बुधवार , फाल्गुण २१, २०८१

  • 367
    Shares
  • 367
    Shares
  • काठमाडौं, २१ फागुन । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन् । 

    जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटुरोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।