२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लोविसंघ भैरहवा बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा युनुस

सोमवार , फाल्गुण १९, २०८१

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) भैरहवा बहुमुखी क्याम्पस, इकाई कार्यसमितिको पुर्नगठन गरिएको छ । 

    ओक्कार युनुसको अध्यक्षतामा १५ सदस्यीय मूल इकाई कार्यसमिति गठन गरिएको लोविसंघका केन्द्रीय सचिव जैनुद्दीन देवानले बताए । उनका अनुसार उपाध्यक्षमा बन्दना मुराउ, सचिवमा फूलचन्द्र हरिजन, सह–सचिवमा रम्भा गुप्ता र कोषाध्यक्षमा सुदामा थारु रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा राजन कोहार, विजय कुर्मी, सहनाज खातुन, सबिना बानो, सुनिल यादव, पुनम मुराउ, प्रबिण कुमार चौधरी थारु, रामकेश मुराव, दिनेश यादव र कृष्ण यादव रहेका छन् ।