२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

औषधि व्यवसायी संघ रुपन्देहीको छैठौ वार्षिक साधारण सभा सम्पन्न

बुधवार , फाल्गुण १४, २०८१

  • 931
    Shares
  • 931
    Shares
  • बुटवल, १४ फागुन । नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले उद्घाटन गर्दै रुपन्देही शाखाबाट व्यवसायिक हकहितसँगै संस्थागत सम्बन्धमा समेत उत्कृष्ट कार्य हँुदै आएको बताए । उनले देशभरमै नमूना शाखाका रुपमा पहिचान दिन र अन्य शाखालाई उदाहरण बन्न सफल भएको बताए ।
    यसैबीच रुपन्देही शाखाबाट जिल्ला शाखा कपिलवस्तुलाई भवन निर्माण सहयोगार्थ २५ हजार रुपैयाँ प्रदान गरिएको छ । 

    कार्यक्रमका संघका अध्यक्ष खड्ग बहादुर बस्नेतले व्यवसायिक दक्षता अभिवृद्धि हुने विभिन्न तालिम र सामाजिक क्षेत्रमा समेत संस्थाबाट काम हुँदै आएको बताए । 

    कार्यक्रममा संघका पूर्व केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई, प्रदेश अध्यक्ष लुकराज न्यौपाने, प्रदेश निवर्तमान अध्यक्ष शिव ज्ञवाली, शाखाका संस्थापक अध्यक्ष सुरज भट्टराई, संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम भट्टराई, महासचिव कृष्णप्रसाद शर्मा पोखरेलले संवेदशील औषधी व्यवसायीहरुप्रति सरकार गम्भिर नभएको आरोप लगाउँदै यसमा भएको समस्या समाधानतर्फ लाग्नुपर्ने सुझाव दिए ।

    कार्यक्रममा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत र छलफल गरी साधारण सभाबाट अनुमोदन गरिएको थियो ।