२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

जगर्शद्वारा रक्तदान एवं मृगौला बिरामीलाई सहयोग

आइतवार , फाल्गुण ११, २०८१

  • 931
    Shares
  • 931
    Shares
  • भैरहवा, ११ फागुन । स्वास्थ्यको लागि हिडाइ भन्ने उद्देश्य राख्दै आएको भैरहवाको परोपकारी संस्था जगर्श ग्रुपले रक्तदान कार्यक्रम तथा मृगौला बिरामीलाई सहयोग प्रदान गरेको छ । जगर्श ग्रुपको भैरहवा बुद्धचोकस्थित सचिवालयमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ३६ प्वाइन्ट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक रमेश घिमिरेले बताए । 

    शनिबार बजारमा बिहानैदेखि धेरै कार्यक्रमहरू भए तापनि रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेको र महिला दिदीबहिनीहरू समेत उल्लेख्य आएको जगर्श ग्रुप भैरहवाका अध्यक्ष प्रियबन्धु न्यौपानेले बताए । रक्तदान कार्यक्रममै बी पोजिटिभ रक्त समूहको रगत आवश्यक भएका एक बिरामीका आफन्तले रक्तदानस्थलमै आएर रगत लिइ बिरामी उपचार रहेको अस्पतालमा गएका थिए । 

    बजारमा अहिले रगतको आवश्यकता धेरै रहेको हुँदा संघ–संस्थाहरूले रक्तदान जस्तो अमूल्य कार्य गर्नुपर्ने जगर्श ग्रुपका संस्थापक अध्यक्ष अनिल उपाध्यायले बताए । संकलित रगत रक्तदान कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र युनिभर्सल मेडिकल कलेज भैरहवालाई हस्तान्तरण गरिएको थियो । 

    रक्तदाता सबैलाई रक्तदान गरिएको प्रमाणपत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा दुवै मृगौला खराब भई लामो समयदेखि बुटवलमा डाइलासिस गराउँदै आएका सियारी गाउपालिका वडा नम्बर ५ का ३६ वर्षीय सुदर्शन खनाललाई ११ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।

    3ce50f37-d251-48b9-98fb-97c6bba8eaa3.jpg

    खनाललाई जगर्श ग्रुपका संस्थापक एवं संरक्षक हरिचन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष अनिल उपाध्याय, जगर्शका अध्यक्ष प्रियबन्धु न्यौपाने, उपाध्यक्ष थिरेन्द्र कुमार श्रेष्ठ, सचिव अनिल न्यौपानेले सहयोग हस्तान्तरण गर्दै शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै उच्च मनोबलसहित उपचारमा रहन बताएका थिए ।