२०८२, फाल्गुण १२ गते

Feb 24 2026 | २०८२, फाल्गुण १२ गते

‘विद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने गुणस्तरको बनाउनुपर्छ’

शनिवार , फाल्गुण १०, २०८१

  • 733
    Shares
  • 733
    Shares
  • बुटवल, १० फागुन । लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले विद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने गुणस्तरको बनाउनुपर्नेमा जोड दिएकी छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ को शुभारम्भ गर्दै प्रमुख सचेतक ढकालले लुम्बिनी प्रदेशमा शैक्षिक गुणस्तर र समावेशिता अभिवृद्धि गर्ने उद्देश्यसहित यो अभियान आएको जानकारी दिइन् ।

    विद्यालयमा शैक्षिक विकास र सुधारका लागि भरोषायोग्य कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ २०८१ को शुभारम्भ भएको हो । सार्वजनिक शिक्षाको साखलाई आम अभिभावक, विद्यार्थी तथा सरोकारवालाको भरोसा र विश्वासको केन्द्रको रुपमा स्थापित गर्न यो अभियान सञ्चालन गरिएको सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले जनाएको छ ।

    शुक्रबार लुम्बिनी प्रदेशका सबै जिल्लामा एकैसाथ सुरु गरिएको यो अभियान सफल पार्न सामाजिक विकास मन्त्रालयले आफ्नो स्थान र संस्थामार्फत योगदान गर्न सबैलाई हार्दिक अपील समेत गरेको छ । साथै सरोकारवाला सबैको सक्रिय सहभागीताका लागि समेत मन्त्रालयले आग्रह गरेको छ । समुन्नत नेपालको निर्माणका लागि शैक्षिक लहर ल्याएका विद्यालयहरुलाई पूर्ण सिकाई केन्द्रको रुपमा स्थापित गर्नु मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

    ज्ञानोदय मा.वि. ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व नगरप्रमुख पुनाराम पोखरेल, नेपाल शिक्षक संघ प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी, मन्त्रालयका उपसचिव नारायण प्रसाद पोखरेल, शिक्षा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, नगर शिक्षा शाखा प्रमुख टीकाराम पन्थी, विद्यालयका प्रधानाध्यापक टिकाराम शर्मा, प्राध्यापक शिव ज्ञवाली, शिक्षिका पुष्पा खनाल लगायतले शैक्षिक क्षेत्रमा सरोकारवालाहरुको सकारात्मक भूमिका र सहयोगमा सामूदायिक विद्यालयको खस्कदो स्तरलाई क्रमशः सुधार गरी हाम्रो विद्यालय राम्रो विद्यालय बनाउनुपर्ने बताएका थिए ।

    विद्यालयको गुणस्तर वृद्धिसँगै शैक्षिक क्षेत्रको विकास गरी आम अभिभावक, विद्यार्थी र सरोकारवालाको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित गर्नु अभियानको मल लक्ष्य रहेको छ ।