२०८३, आषाढ ३० गते

Jul 14 2026 | २०८३, आषाढ ३० गते

न्यू इरामा पुरस्कार वितरण तथा परम्परागत पोशाक प्रदर्शन

शुक्रवार , फाल्गुण ९, २०८१

  • 904
    Shares
  • 904
    Shares
  • भैरहवा, ९ फागुन । न्यू इरा ईङलिस बोर्डिङ स्कूल सिद्धार्थनगर नगरपालिका–१२, रुपन्देहीले बुधबार पुरस्कार वितरण तथा परम्परागत पोशाक प्रदर्शन (सो) कार्यक्रम गरेको छ । कार्यक्रममा २०८० को परीक्षामा उतीर्ण भएका विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । 

    dd78a46d-9a28-4956-a913-6c251c4c4edc.jpg

    त्यस्तै शिक्षकहरुलाई सम्मान गरिएको थियो । सम्मानित शिक्षकमा (बेस्ट टिचर–२०८०) तर्फ हिना बस्नेत, इमरान खान र हिमाल बरुवाल रहेको विद्यालयले जनाएको छ । त्यसै गरी नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको परम्परागत पोशाकलाई संरक्षण गर्ने हेतुले परम्परागत पोशाक प्रदर्शन पनि गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयमा कक्षा नर्सरीदेखि युकेजी, ४ देखि ६, ७ देखि ९ का विद्यार्थी र शिक्षकले पोशाक प्रदर्शन गरेका थिए ।

    कार्यक्रममा बोल्दै अधिवक्ता रीता खनालले विद्यालयले विद्यार्थीको प्रतिभा र क्षमतालाई प्रोत्साहन गर्नका लागि आयोजना गरेको सम्मान कार्यक्रमको प्रशंसा गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन् ।
    त्यस्तै रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायले पुरस्कृत भएका विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै विद्यार्थीलाई आफ्नो प्रतिभा र क्षमतालाई सही रुपमा सदुपयोग गर्न आग्रह गरे ।

    विद्यालय संयोजक हिमाल वटुवालले विद्यार्थीको अन्तरनीहित क्षमताको प्रस्फुटनको साथै नेपाली पोशाककोबारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । विद्यालयका अध्यक्ष दीपक सापकोटाले न्यू इरा ईङलिस बोर्डिङ स्कूलसमयसमयमा विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न अतिरिक्त कार्यक्रमलाई जोड दिदै आएको बताए ।

    विद्यालयका अध्यक्ष दीपक सापकोटाको अध्यक्षता, अधिवक्ता रीता खनालको प्रमुख आतिथ्यता, साई ग्लोबल माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवालीको विशिष्ट आतिथ्यता, वडा सदस्य तथा विद्यालयका पूर्व विद्यार्थी इसान भण्डारीको आतिथ्यता, प्राचार्य कुन्ती देवी सेन, सह–प्राचार्य प्रेम क्षेत्री, कोर्डिनेटर हिमाल बरुवाल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।