
बुधवार , चैत्र ४, २०७७
भैरहवा । जनता समाजबादी पार्टी रुपन्देहीले पार्टी हितविपरित काम गर्ने ३ जना बडा अध्यक्ष र एक बडा सदस्यलाई कार्वाही गरेको छ।
जनता समाजबादीका रुपन्देही अध्यक्ष राम आवतार यादवले बिज्ञप्ती जारी गर्दै लुम्बिनी सास्कृतिक नगरपालिकामा निर्वाचित ३ जना बडा सदस्य र एक जना कार्यपालिका सदस्यलाई कार्वाही गरेको उल्लेख गरेका छन्।
उनले लुम्बिनी सास्कृतिक नगरपालिका बडा नम्बर ३ का अकरामुद्धिन नाउ मुसलमान, बडा नम्बर ६ का बडा अध्यक्ष नैमुलहक मुसलवान, ११ का बडा अध्यक्ष अकरामुद्धिन मुसलमान र बडा नम्बर २ बाट निर्वाचित कार्यपालिका सदस्य अलरख मुहमद धुनियालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij