२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

महाकुम्भ मेलाबाट फर्किदै गरेको गाडी दुर्घटनामा, श्रीमान्–श्रीमतीसहित ३ जनाको मृत्यु

सोमवार , फाल्गुण ५, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • भैरहवा, ५ फागुन । भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा स्नान गर्न गएका रुपन्देहीको देवदहका तीनजनाको दुर्घटनामा परी मृत्यु भएको छ । त्यस्तै पाँचजना घाइते भएका छन् । तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका–९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।युपी ५३ एफडी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर दुर्घटना भएको जानकारी आएको सेनले बताए ।

    दुर्घटनामा परी चालकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेहरुमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा शुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुवे रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय प्रहरीबाट जानकारी आएको प्रहरी निरीक्षक सेनले बताए ।

    फागुन ३ गते देवदहबाट महाकुम्भ मेला स्नान गर्न पाँचवटा गाडीमा ३५ जना भारत गएकोमा नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो ।