२०८३, श्रावण १९ गते

Aug 04 2026 | २०८३, श्रावण १९ गते

नदीजन्य पदार्थको चोरीमा संलग्न तीनवटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

आइतवार , फाल्गुण ४, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ४ फागुन । नदीजन्य पदार्थको चोरीमा संलग्न सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट रमवापुर रुपन्देहीबाट खटिएको टोलीले तीनवटा ट्याक्टर नियन्त्रणमा लिइएको हो।

    मायादेवी गाउँपालिका–५ स्थित लुकठहवाबाट बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा तीनवटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताए। प्रहरी निरीक्षक सेनका अनुसार लु २ त ५७२९, लु ४ त ३३३३ र लु ४ त ३८५४ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएका सवारीसाधनहरुलाई आवश्यक कारवाहीका लागि मायादेवी गाउँपालिकाको कार्यालयमा पठाइएकोमा ९२ हजार ४ सय ४० रुपैयाँ जरिवाना भएको प्रहरीले जनाएको छ ।