२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

युसीएमएसमा सिद्धार्थनगरले गर्‍यो अनुगमन

आइतवार , फाल्गुण ४, २०८१

भैरहवा, ४ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा अनुगमन गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाइ तथा नगर उपप्रमुख उमा अधिकारीको संयोजकत्वमा आइतबार अनुगमन गरिएको हो ।

खासगरी नेपाल सरकारले दिदै आएको आमा सुरक्षा कार्यक्रममा केन्द्रीत भएर युसीएमएसमा अनुगमन गरिएको उपप्रमुख अधिकारीले बताइन् । मेडिकल कलेजको प्रसूति वार्डको अनुगमनको क्रममा खासै समस्या नदेखिएको र प्रसूति सेवामा पाउने निःशुल्क सेवाबारे स्पष्ट देखिने गरी नागरिक वडापत्र राख्न निर्देशन दिइएको उपप्रमुख अधिकारीले जानकारी दिइन । 

अनुगमनमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, वडा सदस्य सरस्वती श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपाने, स्वास्थ्य शाखाका अधिकृत गीता देवी न्यौपाने, जनस्वास्थ्य निरीक्षक विजयनाथ चौधरी लगायतको सहभागीता रहेको थियो ।

94bbed28-46ec-454a-ab3f-1ecd5f76dd34.jpg