२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार सुरु

शनिवार , फाल्गुण ३, २०८१

  • 565
    Shares
  • 565
    Shares
  • काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरु भएको छ ।

    दुवैको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको हो । अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको केही भाग जलेको छ ।

    पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लागेपछि जलेर दुवै घाइते भएका थए ।
     
    अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिस्टेल अस्पताल पठाइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत प्रहरीले जनाएको छ ।