
मंगलवार , चैत्र ३, २०७७
अर्घाखाँची, ३ चैत ।
अर्घाखाँची जिल्ला अस्पतालमा गम्भिर बिरामीको लागि सामान्य आइसीयू सेवा पनि नभएको अस्पतालमा आइसीयू सेवा विस्तारको लागि काम सुरु भएको छ । यस अघि आइसीयू सेवा नहुँदा गम्भिर प्रकारका विरामीलाई जिल्ला बाहिर लैजादा बाटोमा ज्यान पनि जाने गरेको थियो ।
३२ वर्ष अघि सञ्चालनमा आएको अस्पतालमा आइसीयू सेवा (वार्ड) को आइसीयू कक्ष ४३ लाखमा निर्माण कार्य सुरु भएको हो । योसँगै यहाँका नागरिक खुशी भएका छन् । पहिलो पटक क्षयरोग (टीबी) पत्ता लगाउने जिन ईक्सपर्ट मेसिन जडान गरी परीक्षण सेवा, डेन्टल सेवा, थाइराइड मेसिन जडान, फिजियो थेरापी लगायतका सेवा ब्लड बैंक नभएको अस्पतालले नेपाली सेनाले आवश्यक परेको अवस्थामा ब्लड उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि गर्भवती महिलाको अप्रेशन हुन थालेको अस्पतालका प्रमुख कपिल गौतमले बताए ।
१५ शैयाबाट बिरामीलाई सेवा दिदै आएको अस्पतालले अप्रेशन गर्नुपर्ने अवस्थाका र अन्य बिरामी गाडी रिर्जव गरेर बुटवल, पाल्पा ,काठमाडौ जानुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागि अस्पतालबाट थप सेवा विस्तारसंगै भौतिक सेवा पनि विस्तार हुँदै गएको जिल्लामै गुणस्तरीय उपचार हुन्छ भन्ने विश्वास दिन आफूहरु निरन्तर पहल गरिरहेको उनले बताए ।
चमेना गृह स्थापनासंगै लाइट नहँदा विभिन्न सेवा अवरुद्व हुँदै आएको अस्पतालले जेनेटर जडान गरी सेवा दिदै आएको छ भने १५ शैयाको अस्पताललाई ५० शैयाको बनाउने भनिए पनि त्यो अझै पुरा हुन सकेको छैन । बिरामीले चाप भएको समयमा बेडको अभावमा भुंइमै राखेर उपचार हुने गरेको छ । यसमा सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij