२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

दक्षिण कोरियामा अत्यधिक वर्षासँगै आएको बाढिका कारण ३० जनाको मृत्यु

ताईफुन आँधीका कारण थप वर्षा हुने सम्भावना

सोमवार , श्रावण २६, २०७७

शिव भुसाल, सिओल । दक्षिण कोरियामा केहि दिन यतादेखिको अत्यधिक वर्षाका कारण आएको बाढीका कारण ३० जनाले ज्यान गुमाएका छन् भने १२ जना अझै बेपत्ता छन् ।
 
गत हप्ता देखी यहाँको मनशुन सक्रिय हुँदा बाढिले वितण्डा मच्चाउँदा आईतवार सम्ममा ३० जनाले ज्यान गुमाएको कोरियाको केन्द्रीय विपत्ती र सुरक्षा काउंटरमेजर मुख्यालयले जनाएको छ । बाढिका कारण पछिल्ला ३ दिन यता मात्रै देश भरीमा १३ जनाले ज्यान गुमाएको र २ जना वेपत्ता रहेको मुख्यालयको तथ्याङ्क छ । बाढिका कारण देशभरका ११ प्रान्तमा ६ हजार परिवार घरवार विहिन भएका छन् भने ४ हजार ६ सय परिवार जोखिमकाकारण सुरक्षित स्थानमा शरण लिईरहेका छन् ।
 
बाढिले देशभर ९३ हजार हेक्टर जमिन डुबेको छ । यसैविच कोरियामा आएको बाढिका कारण यहाँ रहेका कोहि पनि नेपाली अहिले सम्म प्रभावित नभएको गैरआवासिय नेपाली संघ दक्षिण कोरियाले जनाएको छ । संघले यहाँका नेपाली सुरक्षित रहेको बताएको छ । आज ताईफुन आँधी आउँदै, थप वर्षाको सम्भावना कोरियाली प्रायद्धिपमा आज सोमबार आउने ताईफुन नामक सामुद्रीक आँधिका कारण थप वर्षा हुने भएकाले सतर्क रहन यहाँको सरकारले आग्रह गरेको छ ।
 
‘ताईफुन जंगमी’ यो सिजनको पाँचौ सामुन्द्रिक आँधी हो । यसले कोरियाली प्रायद्धिपको दक्षिणी क्षेत्रमा बढी प्रभाव पार्ने बताईएको छ । आधि पछि अत्यधिक वर्षा हुने भएकाले थप सतर्क रहन मुख्यालयले आग्रह गरेको छ । उक्त आँधि सोमबार विहान १० बजे जेजु आईल्याण्डमा आईसकेको र दिउँसो ३ बजे सम्ममा बुसान क्षेत्रमा प्रवेश गर्ने कोरियाली मौसम विभागले जनाएको छ ।
 
आँधी पश्चात देशको मध्य भागमा १ सय देखी २ सय मिलिमिटर पानि पर्ने र दक्षिणी क्षेत्रमा १ सय देखि ३ सय मिलिमिटर सम्म वर्षा हुने सम्भावना रहेको विभागको अनुमान छ ।