२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमाका लागि ‘डेडिकेटेट’ फार्मेसी

सोमवार , माघ २८, २०८१

  • 724
    Shares
  • 724
    Shares
  • बुटवल, २८ माघ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुका लागि डेडिकेटेट फार्मेसी स्थापना गरिएको छ । अस्पतालमा भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन थप गरिएको फार्मेसीले सहयोग गर्ने अपेक्षा गरिएको छ । 

    फार्मेसी सेवाको उद्घाटन गर्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय स्वास्थ्ये सेवासँगै सबैको पहुँचयोग्य बनाउने लक्ष्य रहेको उल्लेख गरे । सरकारले लागू गरेको बीमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भए पनि स्वास्थ्य संस्थाहरुलाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उनले उल्लेख गरे । लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सरकाले २२ करोड बढी बीमा कार्यक्रमको रकम भुक्तानी नगर्दा समस्या भएको उनले गुनासो गरे । 

    86d48579-ad71-4315-be37-8a6033ec5046.jpg

    अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालका अनुसार दैनिक ६ सयदेखि ९ सयसम्म सेवाग्राहीहरु बीमा सेवा कार्यक्रम अन्तरगत उपचारका लागि यहाँ आउने गर्छन् । बीमा सेवाका लागि छुट्टै फार्मेसी सेवा सुचारु भएपछि अब घण्टौं लाइनमा बस्नुपर्ने समस्या कम हुने उनले उल्लेख गरे । अस्पतालमा सवालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै अब सबै काउण्टरहरुमा डिजिटल पेमेन्ट सुविधा, आकस्मिक सेवातर्फ छुट्टै अल्ट्रासाउण्ड तथा एक्स–रे सुविधा, ल्याब प्रयोगशाला विस्तार लगायतका योजना रहेको उनले उल्लेख गरे । 

    अस्पतालमा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमबाट आकस्मिक परीक्षण, बहिरंग सेवामा परीक्षण, उपचार सेवा (तोकिएका १११८ प्रकारका औषधि), रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्स–रे, अल्ट्रासाउण्ड इत्यादि तथा शल्यचिकित्सा सेवा बीमा कार्यक्रमले निःशुल्क प्रदान गर्दै आएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए ।