२०८३, आषाढ ३० गते

Jul 14 2026 | २०८३, आषाढ ३० गते

कालिका मानज्ञान माविका १३६४ छात्रालाई एच.पि.भी. खोप

बिहिवार , माघ २४, २०८१

  • 736
    Shares
  • 736
    Shares
  • बुटवल, २४ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एच.पि.भी.) लगाइएको छ ।
    बुटवल उपमहानगपालिकाको आयोजनामा बुधवार विद्यालयमा एक  विशेष कार्यक्रमको आयोजना गरी खोप लगाइएको हो । राष्ट्रव्यापी खोप अभियान अन्र्तगत विद्यालयमा  कक्षा ६ देखि १० सम्म अध्ययनरत १ हजार ३ सय ६४ जना छात्राहरुलाई बुधवार खोप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । कालिका मानवज्ञान माविको सेक्टर २ रामनगरमा भने मंगलबार नै यो खोप प्रदान गरिएको सेक्टर २ का इञ्चार्ज कृष्ण गौतमले  जानकारी दिए ।

    बुधबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेयले कुनै पनि विद्यार्थी आर्थिक अभावमा अध्ययन गर्नबाट वञ्चित हुने अवस्था नआउन दिनका लागि नगरपालिकाले काम गर्दै आएको बताए । उनले कुनै पनि विद्यार्थीलाई आर्थिक अभावको कारण शिक्षाबाट वञ्चित हुन नपर्ने यसको सबै व्यवस्था बुटवल उपमहानगरपालिकाले प्रदान गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

    अहिलेका किशोरीहरु भविष्यका आमा समेत भएको भन्दै उनले अहिले नै प्रणाघातक रोगको रुपमा रहेको पाठेघरको क्यान्सरबाट बच्नका लागि सरकारले नै अर्को वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश गरेर राम्रो काम गरेको समेत बताए । कार्यक्रममा बुटवल उपमहानरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख युवराज पाण्डेले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप पूर्णरुपमा सुरक्षित भएको कारण  निर्धक्क भएर लगाउनको लागि आग्रह गरेका थिए ।  

    कार्यक्रममा अनुगमनको रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडेसहित डब्लु एचओका प्रतिनिधि डा. राजेश सम्बरजिओ पाण्डव,  डब्लुएचओका आर्यपीडी टीम लिडर डा. जीवीलन्डर सिंह, एनपीओ पीएमई  विनोद गुप्ता, सुदन ज्ञवाली, डा. पवन उपाध्याय, डा. सागर तिवारी लगायतको उपस्थिति थियो ।