२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

अनेरास्ववियुद्वारा निःशुल्क मधुमेह परीक्षण तथा पूजा सामग्री वितरण

मंगलवार , माघ २२, २०८१

  • 952
    Shares
  • 952
    Shares
  • भैरहवा, २२ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले निःशुल्क मधुमेह परीक्षण तथा सिद्धार्थनगर नगर कमिटीले निःशुल्क पूजा सामग्री वितरण कार्यक्रम गरेका छन् ।

    सरस्वतीको पूजाको अवसरमा सोमबार भैरहवा बहुमुखी क्याम्पसमा कार्यक्रम गरिएको पूजा सामग्री वितरण कार्यक्रमका संयोजक तथा अनेरास्ववियु नगर कमिटीका कोषाध्यक्ष कमल घिमिरेले बताए । कार्यक्रममा अधिकांश विद्यार्थीहरुलाई पूजा सामग्री वितरण गरिएको घिमिरेले जानकारी दिए ।

    WhatsApp Image 2025-02-03 at 11.26.02 AM.jpeg

    कार्यक्रममा १३० जनाको मधुमेह परीक्षण गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारीले बताए । अनेरास्ववियु सिद्धार्थनगर कमिटीका अध्यक्ष के.एल.पाण्डे र क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, जिल्ला सदस्य लक्ष्मी के.सी., सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापा, नगर उपसचिव सरोज ठकुरी, अनेरास्ववियु केन्द्रीय सदस्य तथा स्वतन्त्र विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।