२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नेविसंघद्वारा अग्नी नियन्त्रण उपकरण हस्तान्तरण

सोमवार , माघ २१, २०८१

भैरहवा, २१ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ) भैरहवा बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसलाई अग्नी नियन्त्रण उपकरण हस्तान्तरण गरेको छ । सरस्वती पूजाको अवसरमा सोमबार नेविसंघले दुई थान फायर एक्सटिंग्विशर क्याम्पसलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ, वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा चियापान कार्यक्रम र १० थान डस्टबीन समेत दिइएको नेविसंघका अध्यक्ष नवराज अर्यालले जानकारी दिए ।