images

आइतवार, बैशाख १६ गते २०८१

कोरियाबाट यो वर्ष २६ नेपालीले गरे पिएचडी

कोरियाबाट यो वर्ष २६ नेपालीले गरे पिएचडी

images
images
images
आइतवार, चैत्र १ २०७७
आइतवार, चैत्र १ २०७७
  • कोरियाबाट यो वर्ष २६ नेपालीले गरे पिएचडी

    सिओल, १ चैत ।
    दक्षिण कोरियामा अध्ययनरत २६ नेपाली विद्यार्थीले यो वर्ष विद्यावारिधी (पिएचडी) उपाधि हासिल गरेका छन् । कोरियाका विभिन्न विश्वविद्यालयबाट २६ जना नेपाली विद्यार्थीले विद्यावारिधी उपाधि हासिल गरी दीक्षित हुन सफल भएको नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले जनाएको छ । 

    images

    यहाँका विश्वविद्यालयहरुले गत फेब्रुवरीमा आयोजना गरेको दीक्षान्त समारोहमा यो वर्ष विभिन्न तहमा उत्तीर्ण ५३ नेपाली विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेहरुमा २५ जना नेपाली विद्यार्थीले स्नातकोत्तर उत्तीर्ण गरी दीक्षित भएका छन् भने २ जना स्नातक उत्तीर्ण रहेको समाजका सभापति राजाराम श्रेष्ठले जानकारी दिए । ५३ नेपाली दीक्षित भएकोमा ३७ जना छात्र र १६ जना छात्रा रहेको  बताइएको छ । 

    कोरियामा रोजगारीसँगै अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्यामा पछिल्ला वर्षहरुमा वृद्धि हुँदै गएको सरोकारवाला बताउँछन् । कोरिया स्नातकोत्तर र पिएचडी अध्ययनका लागि नेपालीको मुख्य गन्तव्यको रुपमा परिचित छ । यहाँका विश्वविद्यालयबाट हरेक वर्ष उल्लेख्य संख्यामा नेपाली विद्यार्थी दीक्षित हुने गरेका छन् । 

    कोरियामा अण्डर ग्रेयाजुएट अध्ययनका लागि भने पूर्ण छात्रवृत्ति पाउनेबाहेक अन्य विद्यार्थीका लागि आर्थिक रुपमा निकै कठिन हुने गरेको यहाँ अध्ययनरत विद्यार्थी बताउँछन् । 

    कोरियामा विज्ञान, इञ्जिनियरिङ, कृषि, मानविकी लगायतका विषय अध्ययनका लागि नेपाली विद्यार्थी आउने गरेका छन् । यहाँ हाल करिब २ हजारको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत रहेको समाजको तथ्यांक छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij