२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी पुरक अभियोजन मुद्दा दर्ता हुँदै

शुक्रवार , माघ ४, २०८१

  • 679
    Shares
  • 679
    Shares
  • भैरहवा ४ माघ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी सस्थाको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको छ । सहकारी सस्थाको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयले पूरक अभियोजन आज दर्ता गर्दै छ ।

    सरकारी वकिल कार्यालयले दुवै अभियोजन दर्ता गर्ने तयारी गरेको थियो । वैशाख ३ गते दर्ता भएको मुद्दामा प्रतिवादी बनाइएका सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जना विरुद्ध वैशाख ३ मा मुद्दा दर्ता भएको थियो ।

    सुरु मुद्दामा सहकारी ठगी सम्बन्धी मात्र मुद्दा दर्ता भएकाले हिजो १७ जनालाई संगठित अपराध पनि थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला सहन्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीले बताइन। उहाँले रवि लामिछाने, छविराज जोशीसहित जोडिएको पूरक जाहेरीअनुसारको अभियोजन आज दिउसो दर्ता गर्न लागेको बताउनु भयो ।

    सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई थप संगठित अपराध अभियोजन थप गरिएको र ११ जनालाई ठगीमै मुद्दा चल्ने उहाँले भनाइ छ । थप र पूरक अभियोजनमा ४२ जनाबाट १ अर्ब १२ करोड रुपैयाँ माग दाबी गरिएको छ ।

    सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्यो मध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख छ ।