२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

बाल सुधारगृहका बालबालिकालाई आध्यामिक शिक्षा

मंगलवार , माघ १, २०८१

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा । जेसिआई सिद्धार्थ लेडि नेपालले अनुशासनका लागि आध्यात्मिक शिक्षा सम्बन्धी प्रशिक्षण दिएको छ ।भैरहवास्थित बाल सुधारगृहमा रहेका बालबालिकाहरुलाई आध्यात्मिक शिक्षा सम्बन्धी प्रशिक्षण दिईएको हो ।

    बाल सुधारगृहमा रहेका बालबालिकाहरुलाई आध्यामिक शिक्षाका बिषयमा जानकारी दिन तथा उनीहरुमा आदर, सम्मान, श्रद्धा, प्रेमको भावना जागृह होस भन्ने हिसावले कार्यक्रमको आयोजना गरिएको संयोजक सीता काफ्‌ले जानकारी दिईन । 

    कार्यक्रममा बह्‌माकुमारी ईश्वरिय बिश्व बिद्यालयय भैरहवाकी प्रमुख शान्ती दिदीले  बालसुधार गृहमा रहेका बालबालिकाहरुमा मीठो बोली, नम्र व्यवहार, सत्य दृष्टि, सकारत्मक चिन्तन र आध्यामिक चेतनाको बिकासमा टेवा पुर्‍याउने गरि प्रशिक्षण दिएकी थिईन । 

    WhatsApp Image 2025-01-14 at 7.07.15 PM.jpeg

    बाल सुधारगृहमा रहेका बालबालिकाले जान अन्जानमा गरेको गल्तीको अहिले प्रयाश्चीत गरिरहेका छन्, उनीहरुको आगामि दिन सुन्दर बनाउनका लागि उनीहरुलाई आध्यामिक ज्ञान दिनु पर्ने हुन्छ, प्रशिक्षक शान्ती दिदीले भनिन् आध्यात्मिक शिक्षाले असल बन्न प्रेरित गर्छ, जीवनको मूल्य बुझाउँछ र जगतलाई सही ढंगले हेर्न सिकाउँछ, हामिले त्यहि कुरा सिकायौं ।

    कतिपय बालबालिका कुलत, कुसंगत, कुकर्म, कुदृष्टिका कारण बाल सुधारगृहको जीवन बिताउन बाध्य भएको अबस्थामा बालसुधार गृहमा आयोजित आधयामिक शिक्षाले उनीहरुमा विनयी, विनम्रता, सद्भाव, सत्य जस्ता गुणहरुको विकास गर्न टेवा पुर्‍याएको कार्यालयको बुझाई छ । 

    जेसिआई सिद्धार्थ लेडिकी अध्यक्ष संगिता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ब्रह्‌माकुमार भुपेन्द्र लगाएतले बोल्दै बालबालिकालाई योग, ध्यान, प्राणायाम, प्रार्थना, सत्संग लगाएतका कार्यमा सहभागि बनाउनु पर्नेमा जोड दिए ।