२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

भैरहवा बहुमुखी क्याम्पस प्रमुखमा लक्की जोशी

सोमवार , पौष २९, २०८१

  • 556
    Shares
  • 556
    Shares
  • काठमाडौं, २९ पुस । भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीको क्याम्पस प्रमुखमा सह–प्राध्यापक लक्की प्रसाद जोशी नियुक्त भएका छन् ।

    त्यस्तै बुटबल बहुमुखी क्याम्पसको प्रमुखमा उपप्राध्यापक अरुण कुमार क्षेत्री नियुक्त भएका छन् ।

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले देशका २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको प्रवक्ता यमन सिंह बोहराले जानकारी दिए ।

    गत असोजमा त्रिविले छनोट समिति बनाएको थियो । छनोट समितिले नाम सिफारिस गरेपछि परिषद्ले नियुक्ति गरेको हो ।