२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

अखिल (क्रान्तिकारी) को केन्द्रिय अध्यक्ष पदमा श्याम रोक्काको उम्मेदवारी घोषणा

आइतवार , पौष २८, २०८१

  • 979
    Shares
  • 979
    Shares
  • काठमाडौं, २८ पुस । अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको २३ औं राष्ट्रिय सम्मेलनमा श्याम रोक्काले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘जसको नीति उसैको नेतृत्व’ र विद्यार्थीले नै गर्नुपर्ने जोड गर्दै अध्यक्ष पदमा रोक्काले  उम्मेदवारी घोषणा गरेका हुन् । विशेष गरेर असमान शिक्षाको साम्राज्य खडा गर्ने शैक्षिक माफियाकोविरुद्ध अन्तिम लडाइ लड्ने, यो व्यवस्था प्राप्तिको लागि कुर्वानी गर्ने महान सहीदहरुको सपना साकार गर्ने र जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति कोष निर्माण गर्ने जस्ता एजेण्डा राखेर उम्मेदवारी घोषणा गरेका हुन् ।

    प्रविधिमैत्री शिक्षा र प्रविधिमैत्रीपूर्ण  रचनात्मक विद्यार्थी आन्दोलनको विकास गर्ने, सत्तामा लिप्त विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानको रुपमा स्थापित गर्ने, आम जनताको छोराछोरीको साझा प्रतिनिधित्व गर्ने क्रान्तिकारी सगठन निर्माण गर्ने, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधारको कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई पढ्दै कमाउदै अभियानको सुरुवात गर्ने, संगठनको वार्षिक क्यालेण्डर बनाएर कार्यान्वयन गर्ने, सबै जनताको छोराछोरीलाई निशुल्क र समान शिक्षा प्रदान गर्न आन्दोलित हुने, नियमित र गुणस्तरीय स्ववियुको विकास गर्ने, शिक्षा स्वास्थ र रोजगारको ग्यारेण्टी गर्ने जस्ता एजेण्डाहरुसहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

    आफ्ना एजेण्डाहरू लिखित सामग्री एवं भिडियो सन्देशमार्फत नियमित रूपमा सार्वजनिक  गर्दै जाने र विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट पुर्याउन गम्भीरताका साथ सामूहिक बहसमा जुटेको समेत उनले बताएका छन् । विद्यार्थी आन्दोलन फेरी नयाँ उचाइमा उठाउने कुरा एकल प्रयासबाट मात्र सम्भव नभएको र सामूहिक प्रयत्न चाहिन्छ । तसर्थ, सम्पूर्ण प्रतिनिधि एवं प्रियजनहरूलाई आ–आफ्नोबाट सहयोग गरिदिन अनुरोध समेत अध्यक्ष पदको उम्मेदवार रोक्काले गरेका छन् । 

    अध्यक्षको बलियो उम्मेदवार भएको दावी गर्दै रोक्काले आफू सहिद परिवार भएकाले पार्टीका शिर्ष नेतादेखि प्रतिनिधि साथीहरुसम्मको सहानुभुति र सहयोग रहने बताउँदै बागमती आफ्नो गृह प्रदेश र विशेष प्रदेश आफ्नो कार्यक्षेत्र भएको देशैभरीको भन्दा यस क्षेत्रको मतभार उच्च रहेको हुदा र सबै प्रदेशमा सगठनको गतिविधिमा सहभागी भएको कारणले पनि चुनाव जित्न सहज रहेको दावी गरेका छन् ।

    यसअघि उमेर हदबन्दी कारण असोज २–५ गतेसम्मको उद्घाटनपछि राष्ट्रिय सम्मेलन स्थगित गरेको थियो । दोस्रो चरणको निर्वाचन सम्पन्न गरी माघ ५ गते मनोनयन दर्ता र माघ १२ गते मतदानको मिति तोकिएको छ।