२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

प्याब्सन सिद्धार्थनगरद्वारा संस्थापक प्रिन्सिपल, शिक्षक तथा कर्मचारी सम्मानित

शुक्रवार , पौष २६, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • भैरहवा, २६ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिद्धार्थनगर नगरपालिका, रुपन्देहीले संस्थापक प्रिन्सिपल, शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । ३४ औं प्याब्सन स्थापना दिवसको अवसरमा भैरहवामा सम्मान कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा प्याब्सन सिद्धार्थनगरका प्रमुख सल्लाहकार गोकुल पोखरेलले बताए ।

    तीनजना संस्थापक प्रिन्सिपल, दुईजना शिक्षक र एकजना कर्मचारीलाई दोसल्ला ओढाएर ताम्रपत्रद्वारा सम्मान गरिएको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले बताए । सम्मानित हुनेमा न्यू मुनलाइट सेकेण्डरी स्कूलका संस्थापक प्रिन्सिपल भास्करानन्द शर्मा (बी.एन.), आदर्श विद्या मन्दिरका संस्थापक प्रिन्सिपल विष्णु प्रसाद पन्थी र मनकामना इङलिस हाई स्कूलका संस्थापक प्रिन्सिपल जीवन बस्नेत रहेका छन् । 

    त्यस्तै सम्मानित हुने शिक्षकमा सन शाइन आवासीय माध्यमिक विद्यालयकी कुन्ता थापा र बुद्ध ज्योति माविकी सुमिता सिंह सिलवाल रहेका छन् ।

    त्यस्तै कर्मचारीतर्फ सम्मानित हुनेमा जेसीज किण्डर गार्डेन हाई स्कूलकी शान्ति थापा रहेकी छन् ।

    कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष डि.के. ढुंगानाले देशको शिक्षालाई मूल बाटोमा ल्याउन र शिक्षक तथा कर्मचारीको आत्मबल बढाउन प्याब्सनले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गरे । त्यस्तै प्याब्सनका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार टीकाराम पुरीले निजी विद्यालयमा दुईलाख बढी शिक्षक तथा कर्मचारी कार्यरत रहेको बताए ।

    प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता, प्याब्सनका केन्द्रीय अध्यक्ष डि.के. ढुंगानाको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष टीकाराम पुरी, महासचिव आर.वी. कटुवालको विशिष्ट आतिथ्यता, रुपन्देही जिल्ला अध्यक्ष अनन्तराम शर्मा, महेश भुर्तेल, राजेशराज जोशी, बसन्त पाण्डे, प्रमोद यादव, चन्द्रप्रकाश न्यौपाने, धर्मेन्द्र मिश्रा, लक्ष्मण ज्ञवालीलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्याब्सन सिद्धार्थनगरका निवर्तमान अध्यक्ष गोकुल पोखरेलको स्वागतमा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष राजेन्द्र घिमिरेले गरेका थिए ।

    472914516_2830126083862591_7571787970313318253_n.jpg