२०८२, फाल्गुण १२ गते

Feb 24 2026 | २०८२, फाल्गुण १२ गते

ओमसतिया–३ मा निःशुल्क मधुमेह परीक्षण शिविर

बुधवार , पौष २४, २०८१

  • 976
    Shares
  • 976
    Shares
  • भैरहवा, २४ पुस । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ मा निःशुल्क मधुमेह (सुगर) परीक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लीम, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लियो क्लब अफ रुपन्देहीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

    १३६ औं मेल्भिन जोन्स डे को अवसरमा मेल्भिन जोन्स सर्भिस वीक (सप्ताह) अन्तर्गत कार्यक्रम गरिएको लाष्न्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लीमकी अध्यक्ष किरन गुप्ताले बताइन् । अध्यक्ष गुप्ताका अनुसार रिलायबल डाईनोष्टिक प्रा.लि.को प्राविधिक सहयोगमा भएको मंगलबार भएको शिविरमा १ सय जना बढीको मधुमेह परीक्षण गरिएको थियो । 

    checkup.jpg

    कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल अन्तर्गत एरिया–५ का एरिया चिफ अभिनव मयुर कसौधनले पछिल्लो समय मधुमेह रोगबाट पीडित मानिसको संख्या बढ्दै गएकाले यस्तो शिविरले समयमै रोग पहिचान गर्न सहयोग गर्ने बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

    कार्यक्रममा रिजन चेयरपर्सन तनु शर्मा कसौधन, समाजसेवी रामु यादव, गोरख चाई, रमेश धवल लगायतले भनाइ राखेका थिए ।

    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी ग्लीमको अध्यक्ष किरन गुप्ता, सिद्धार्थनगर लेडी युथको अध्यक्ष मनिषा थापा कसौधन र लियो क्लब अफ रुपन्देहीको अध्यक्ष दिया गुप्ताको अध्यक्षता तथा अन्नु जैसवालको संयोजकत्वमा ओमसतिया गाउँपालिका ३ नम्बर वडा कार्यालयमा शिविर कार्यक्रम भएको थियो ।