२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

काँग्रेसलाई बलियो बनाउन एकता आवश्यक : अब्दुल रज्जाक

शनिवार , पौष २०, २०८१

  • 793
    Shares
  • 793
    Shares
  • बुटवल, २० पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले पार्टीलाई बलियो बनाउन कार्यकर्ताबीच एकता आवश्यक रहेको बताएका छन् । उनले पार्टी सदस्यबीच बेमेल हुँदा सिंगो पार्टीमै समस्या आउने उल्लेख गर्दै एकतामै जोड दिन पार्टी कार्यकर्तालाई आग्रह गरे । काँग्रेस तिलोत्तमा वडा नम्बर १६ मा भएको क्रियाशिल सदस्य नविकरण तथा वडा सम्मेलनको उदटन गर्दै काँग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति समेत रहेका रज्जाकले यस्तो बताएका हुन् ।

    पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका रज्जाकले आगामी २०८४ को निर्वाचनमा पहिलो पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित बनाउने गरी लाग्न सबै कार्यकर्तालाई आग्रह गरे ।

    कार्यक्रममा पार्टीको रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले प्रजातन्त्रको रक्षाका लागि गुटको राजनीति त्याग्नुपर्नेमा जोड दिए । उनले मुलुकको विकासको बागडोर कांग्रेसले मात्र सम्हाल्ने भएकाले पार्टीलाई बलियो बनाउनेतर्फ लाग्नुपर्ने बताए ।

    कार्यक्रममा क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका पूर्व मेयर हिरा बहादुर खत्रीले सदस्यहरुको क्रियाशीलताले पार्टीलाई मजबुत बनाउने हुँदा नविकरण र सदस्यता वृद्धिमा ध्यान दिन आग्रह गरे । उनले पार्टीलाई चलायमान, गतिशील, आकर्षक र थप प्रभावकारी बनाउन सबैको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

    काँग्रेस तिलोत्तमा–१६ का वडा सभापति तथा वडाअध्यक्ष झवि भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले) का सक्रिय सदस्य भुवन नेपाललगायत ३० जना एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेको क्षेत्रीय सभापति खत्रीले जानकारी दिए । पार्टी प्रवेशपछि आफ्ना धारणा राख्दै नेपालले काँग्रेस ठुलो गौरव बोकेको पार्टी भएकाले यसको प्रवेशले आफुलाई खुशी मिलेको उल्लेख गरे । उनले काँग्रेसको गौरव बढाउनका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।