२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

अपांगता भएका बालकलाई ह्वील चेयर हस्तान्तरण

शनिवार , पौष २०, २०८१

  • 931
    Shares
  • 931
    Shares
  • भैरहवा, २० पुस । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले अपांगता भएका बालकलाई ह्वील चेयर हस्तान्तरण गरेको छ । क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित रुद्रपथका १० वर्षिय गौरव घिमिरेलाई ह्वील चेयर हस्तान्तरण गरेको अध्यक्ष कमल रायमाझीले बताए ।

    अपांगता भएका बालकलाई मृगौलासम्बन्धी समस्या समेत भएको र डायलासिसका लागि अस्पताल लैजानुपर्ने र सो का लागि सवारीसाधनसम्म पुर्याउन ह्वील चेयरको आवश्यकता रहेको जानकारी पाएपछि हस्तान्तरण गरिएको क्लबका पूर्वअध्यक्ष तथा जोन चेयरपर्सन श्री रायमाझीले बताए । शुक्रबार घरमै पुगेर बालकलाई ह्वील चेयर हस्तान्तरण गरिएको क्लबका निवर्तमान अध्यक्ष मनोज क्षेत्रीले बताए ।

    डिष्ट्रिक डेपुटी सेक्रेटरी गोविन्द प्रसाद गिरीको प्रमुख आतिथ्यता, रिजन चेयरपर्सन राकेश गुरुङ, जोन चेयरपर्सन श्री रायमाझी, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका निवर्तमान अध्यक्ष मनोज क्षेत्रीको आतिथ्यतामा भएको ह्वील चेयर हस्तान्तरण कार्यक्रममा क्लबको प्रथम उपाध्यक्ष संगिता सिंह जि.सी., कोषाध्यक्ष अमृता गुरुङ, सदस्य विजय यादव, बालकका पिता गणपति घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    IMG_0708.JPG