२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

कालिका मानवज्ञान माविमा ‘फूड फेष्टिभल’

शुक्रवार , पौष १९, २०८१

  • 730
    Shares
  • 730
    Shares
  • बुटवल, १९ पुस । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा फूड फेष्टिभल गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पाक कला प्रस्तुत गर्दै विभिन्न परिकार बनाएर अभिभावकहरुलाई खुवाएका हुन् । 

    बुटवल–१० कालिकानगरमा सेक्टर १ र रामनगरमा रहेको सेक्टर २ मा एकैदिन अर्धवार्षिक परीक्षाको परीक्षाफल प्रकाशनसँगै फूड फेष्टिभल आयोजना गरिएको संयोजक इबराज तिवारीले जानकारी दिए । उनका अनुसार विद्यालयबाट नै लगानी गरेर विद्यार्थीहरुको पाक कलालाई प्रस्तुत गर्ने गरी यो कार्यक्रम आयोजना गरिएको हो । 

    विद्यालयमा आयोजना गरिएको फेष्टिभलमा सहभागी विद्यार्थीहरुले  नतिजा लिन विद्यालयमा आएको अभिभावकहरुले आफ्ना विद्यार्थीले पकाएको परिकार चाख मानेर उपभोग गरेका थिए ।

    विद्यालयले खानाका परिकारहरुको मेन्यु बनाएर विभिन्न स्टल निर्माण गरी  विद्यार्थीहरुले विद्यार्थीहरुले परिकार बनाएका हुन । फ्रेन्च फ्राई, भेज पकौडा, चिकन रोष्ट, चिकन चिल्ली, मःम, खिर, अचार, प्याज पकौडा, हलुवा अचार, पनिर पकौडा, कफी, पर्पकन, सेलरोटी अचार, बटुक लगायतका परिकारहरु  बनाएर प्रदर्शन तथा विक्री गरेको खाना महोत्सव संयोजक ईबराज तिवारीले जानकारी दिए ।  खाना महोत्सवमा कक्षा ११ को होटल म्यानेजमेन्ट अध्ययन गर्दै गरेका विद्यार्थीहरुले समेत आफ्नो सीप र कौशल प्रस्तुत गरेका थिए ।  

    कक्षा ७ देखि कक्षा ११ सम्मका विद्यार्थीहरुको सहभागीतामा खाना महोत्सव गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । विद्यार्थीहरुमा रहेको पाक कला प्रर्दशन, सिकाई उपलब्धीको लागि यी र यस्ता प्रर्दशनी विद्यालयले आयोजना गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक थापाको भनाइ छ । साथै बाल कक्षादेखि कक्षा १० सम्मको दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन समेत प्रकाशन गरिएको विद्यालयका परीक्षा  संयोजक युवराज कंडेलले जानकारी दिए । 

    विद्यालयको सेक्टर २ रामनगरमा पनि नतिजा प्रकाशनसहित खाना महोत्सव भव्य रुपमा सम्पन्न गरिएको अतिरिक्त क्रियापकलाप संयोजक रेजिन केसीले जानकारी दिइन् । विद्यालयमा पुस्तक प्रर्दशन समेत राखीएको विद्यार्थीहरुले चाख दिएर विद्यालय कोर्ष र अतिरिक्त पुस्तक समेत किन्नुको साथै प्रर्दशनमा चाख दिएर सहभागीता जनाएको सेक्टर २  ईन्चार्ज कृष्ण गौतमले जानकारी दिए । सेक्टर २ का विद्यार्थीहरुले खानाका थप परिकारमा भटमास साँदेको, चुकौनी, आलु, चना लगायतका परिकार बनाएका थिए ।

    न्यूनतम ३० रुपैयाँदेखि अधिकतम १ सय रुपैयाँको खानाको परिकार निर्माण गरेको विद्यालयका अतिरिक्त क्रियाकलपा संयोजक विवेकराज पोखरेलले जानकारी दिए ।  विद्यालयमा नेपाल नियमित रक्तदाता संघको संमन्वयमा वृहत रक्तदान समेत गरिएको थियो । जसमा विद्यार्थीहरु उत्साहपूर्वक कार्यक्रममा सहभागी भएका थिए ।