२०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

संघीयता अझै कार्यान्वयन हुन सकेको छैन : उपेन्द्र यादव

मंगलवार , पौष १६, २०८१

  • 997
    Shares
  • 997
    Shares
  • परासी, १६ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनताको इच्छाअनुसार संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् । उनले मुलुकमा प्रदेश स्थापना भए पनि सीमित अधिकारका कारण अझै पनि जनताले संघीयताको अनुभुति गर्न नपाएको बताएका हुन् ।

    जसपा नेपाल जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले सोमबार रामग्रामको हकुईमा आयोजना गरेको ‘जनतासँग जसपा नेपाल : आधारभूत संगठन निर्माण अभियान कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । 

    पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले सरकार परिवर्तन गरेर मात्र देशले विकास र निकास नपाउने दावी गरे । उनले नेपाल कृषिप्रधान देश भए पनि मल, बीउ र कृषि उपकरणको अभावका कारण किसानहरु मर्कामा परेको बताए ।

    कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य तथा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष राम अवतार यादव, प्रदेश कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादव, रुपन्देही अध्यक्ष सियाराम यादव, नवलपरासी सचिव मदन यादव, समाजवादी युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष राजु यादव, नवलपरासी जिल्ला सचिव मदन यादव, रामग्राम नगरपालिका– १६ का वडाध्यक्ष विजयकुमार यादव लगायतले बोलेका थिए ।