२०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

एमाले लुसनपा–१२ को दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा तिवारी

आइतवार , पौष १४, २०८१

  • 757
    Shares
  • 757
    Shares
  • भैरहवा, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १२ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले जयप्रकाश तिवारीको अध्यक्षतामा २२ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको एमाले लुम्बिनी साँस्कृतिक नगरपालिका कमिटीका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

    कमिटीको उपाध्यक्षमा शम्भु लोध, सचिवमा राधिका लोध, सह–सचिवमा विरेश लोध र रमाकान्त लोध रहेका छन् ।

    वडा कमिटीका अध्यक्ष उदयराज हरिजनको अध्यक्षता, एमाले केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ५ का इञ्चार्ज भुमिश्वर ढकालको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश कमिटी सदस्य कल्पना हरिजन, प्रदेश कमिटी सल्लाहकार इन्साफ मुसलमान, हजरत अली, रुपन्देही जिल्ला सदस्य टिका कुमारी कट्टेल, अबु सामाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा एमाले लुसनपाका अध्यक्ष गोविन्द ज्ञवाली, उपाध्यक्ष मञ्जु ढकाल, सचिव वसिउद्दीन खाँ, सहसचिव सरिता श्रीवास्तव, बिन्देश्वरी कहाँर लगायतको उपस्थिति रहेको थियो । एमालेले लुम्बिनी साँस्कृतिक नगरपालिकामा वडा अधिवेशनहरुलाई सम्पन्न गरिरहेको छ ।