२०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

नवलपुरमा नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान संशोधन बैठक

शनिवार , पौष १३, २०८१

  • 877
    Shares
  • 877
    Shares
  • नवलपुर, १३ पुस । नवलपुरको गैंडाकोटमा नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान तथा नीति निर्माण सन्दर्भमा आयोजित विस्तारित बैठक सुरु भएको छ । शनिबारसम्म सञ्चालन हुने बैठकको शुक्रबार नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उद्घाटन गरेका हुन् ।

    महासंघका पूर्वउपाध्यक्ष एवं विधान संशोधन बैठकका संयोजक डा. तिलचन्द्र भट्टराईले मुलुकको वर्तमान अर्थतन्त्र र अबको दिशाका बारेमा बृहत छलफल गरिने बताए । देशको अर्थतन्त्रमा विस्तारै आशाहरु पलाउन थालेको अवस्थामा उद्योगी–व्यवसायीलाई लगानी गर्न प्रेरित गर्ने गरी नीति निर्माण गर्नका सरकारलाई आग्रह गरिने उनले बताए । 

    अहिले व्यवसायमा देखिएका कठिनाइलाई सम्बोधन गर्ने गरी छलफल गरेर सरकारलाई योजना बनाउन सुझाव दिने डा. भट्टराईले बताए । नवलपुरमा आयोजना गरिएको भेलाले गण्डकी प्रदेशको अन्नभण्डारको रुपमा रहेको नवलपुरको मौलाकालिका, देवघाट, त्रिवेणी, अयोध्यापुरी, बाल्मीकि जस्ता महत्वपूर्ण धार्मिक क्षेत्रको शुद्धतालाई कायम गर्दै आर्थिक पर्यटकीय क्षेत्रको रुपमा राष्ट्रिय योजनाको रुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरे ।

    कार्यक्रमको उद्घाटन सत्रमा एमाले महासचिव शंकर पोखरेलले व्यापार व्यवसाय गर्ने मान्छेहरुलाई राजनीतिक रुपमा संगठित गर्ने फोरमको रुपमा मात्रै महासंघलाई हेर्न नहुने बताए । उनले यस महासंघलाई समृद्ध नेपाली, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने एउटा मिसनको रुपमा आफूलाई अग्रसर बनाउने काम गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे  । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोखरेलले अहिले मुलुकमा रहेका धेरै कम्युनिष्ट पार्टीहरुले समाजवादी कार्यक्रम दिने विषयमा पैरवी गरिरहेका बताए । उनले अहिले नै समाजवादी कार्यक्रम दिने समय सुरु नभएको बताए । 

    नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले बन्दसत्र पछि दोस्रोसत्रमा पूर्वमन्त्री एवं एमाले नेता भानुभक्त ढकाल, पूर्वअर्थमन्त्री एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले कार्यपत्र प्रस्तुत गर्ने सापकोटाले जानकारी दिनुभयो । विस्तारित बैठकमा ३५० प्रतिनिधि सहभागी छन् ।