२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

उपप्रधानमन्त्री सिंहद्वारा पब्लिक माविको निरीक्षण

बुधवार , पौष १०, २०८१

  • 193
    Shares
  • 193
    Shares
  • रुपन्देही, १० पुष । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सियारी ४ स्थित पब्लिक माध्यामिक बिद्यालयको निरीक्षण गरेका छन् । 

    सियारी गाउँपालिकाको गौरबको आयोजनाको रुपमा रहेको सियारी पर्यटन करिडोरको शिलन्यास तथा दयानगर दानव लिफ्ट सिचाई योजनाको उद्घाटन गर्न सियारी पुगेका उपप्रधानमन्त्री सिंहले बिद्यालयको निरीक्षण गरेका हुन् । 

    सो अबसरमा उपप्रधानमन्त्री सिंहले बिद्यालयको प्राबिधिक ब्लकको अबलोकन गरेका थिए । अबलोकनका क्रममा मन्त्री सिंहले बिद्यालयको पुर्वाधार बिकासका लागि सरकारले आबश्यक सहयोग गर्ने बताएका थिए । 

    पब्लिक माविका प्रधानाध्यापक डिलाराम खनालले बिद्यालयको प्राबिधिक शिक्षाको बिकासका लागि आबश्यक पहल गरिदिन आग्रह गरे । उनले बिद्यालयमा निर्माण शुरु गरिएको बिज्ञान संग्रालयका लागि बजेटको प्रबन्ध मिलाईदिन आग्रह गरे ।