२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अस्पतालको पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन्छौं : मुख्यमन्त्री आचार्य

बुधवार , पौष १०, २०८१

  • 937
    Shares
  • 937
    Shares
  • कपिलवस्तु, १० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुको बहादुरगञ्जस्थित शिवराज अस्पतालको अनुगमन तथा सरोकारवाला पक्षसँग छलफल गरेका छन् । अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिएका हुन् ।

    अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए । ‘उपचार सेलालाई प्रभावकारी बनाउनुपर्छ । 

    भौतिक पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनको काम समन्वयको आधारमा हुनेछन्’मुख्यमन्त्री आचार्यले भने,‘अस्पतालले दिने उपचार सेवालाई प्रभावकारी बनाउन, आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले आगामी वर्षको बजेटमा सम्बोधन गर्ने कोशिष गर्छ ।’

    अस्पतालमा उपचार सेवा प्रभावकारी हुँदै गएको, दैनिक उपचारमा आउने बिरामीको संख्या बढ्दै गएको जानकारी अस्पतालको तर्फबाट दिइएको छ । १५ बेडको अस्पताल भए पनि बिरामीको चाप बढेकाले अहिले २५ बेडको सुविधा प्रदान गरिएको छ । बहिरंग सेवाका लागि दैनिक १ सय ५० देखि २ सय जना बिरामी आउने गरेका छन् । 

    करिब ३० जना बिरामी भर्ना गरेर उपचार सेवा प्रदान गरिएको अस्पतालका डा.विनोद बढैले जानकारी दिए । ‘बिरामीको चाप बढ्दो छ । यो अस्पताललाई प्रदेश मातहतमा लैजाँदा सेवासुविधा प्रदान गर्न थप सहज हुने थियो’डाक्टर बढैले भने,‘अस्पतालले प्रदान गर्ने सेवा सुविधा थप गर्ने र सबैको पहुँचमा पुर्याउने गरी भूमिका बढाएका छौं ।’ अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी लगायत स्थानीय सरोकारवाला पक्षसँग मुख्यमन्त्री आचार्यले छलफल समेत गरेका थिए ।