
आइतवार , पौष ७, २०८१
भैरहवा, ७ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मूल इकाई समिति भैरहवा बहुमुखी क्याम्पसले क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता-२०८१ गर्ने भएको छ । जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको सम्झनामा पुस ८ गते सोमबार प्रतियोगिता आयोजना गर्न लागिएको मूल इकाई समितिका अध्यक्ष मनिष ढकालले बताए । सोमबार बिहान ७ः३० बजेदेखि क्याम्पस सभाहलमा सुरु हुने प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह समेत गरेका छन् ।
अध्यक्ष ढकालका अनुसार प्रतियोगितामा एउटा समूह (टीम) मा बढीमा पाँचजना प्रतियोगी हुनुपर्नेछ । हाजिरीजवाफ सम्बन्धी थप केही बुझ्नुपर्ने भएमा मोबाइल नम्बर ९८१७५६१९४६ मा सम्पर्क गर्न सकिने उनले बताए ।
‘अखिल क्रान्तिकारीले भैरहवा बहुमुखी क्याम्पसमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ, यो कार्यक्रम लगत्तै हाजिरीजवाफ गर्दैछौं, त्यसपछि शेयर बजार, कम्प्युटर र लेखा सम्बन्धी तालिमको आयोजना गर्छौं, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij