२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

माधव नेपाल समुहलाई नचिडाउन प्रचण्डको आग्रह 

शुक्रवार , फाल्गुण २८, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • बुटवल। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्रको माधव नेपाल समुहलाई नचिडाउन कार्यकर्तालाई आग्रह गरेका छन्। 

    अध्यक्ष प्रचण्डले माधव नेपाल समुहसंग आफुहरुको मुद्धा मिल्दा मिल्दै पनि सर्वोच्च अदालतले नेकपा सम्बन्धी नामको बिबादमा सर्वोच्चले एमाले र माओवादी केन्द्र व्युताएका कारण उहाँ एमालेमा गएको बताए। 

    प्रचण्डले पुस ५ गतेदेखि माधव नेपाल समूहसँग आफूहरुको वैचारिक, राजनीतिक र भावनात्मक सम्वन्ध धेरै माथि पुगेको बताउदै यसलाई निरन्तरता दिदै जाने बताए। 

    हामीवीचमा अहिले पनि निरन्तर रुपमा संबाद जारी राखेका छौ, मुद्धामा हामी अहिले पनि एक ठाँउमा रहेका छौ, त्यसकारण एमाले भित्रको माधव समुहलाई नचिडाउनु अध्यक्ष प्रचण्डले भने। 

    संसद बिघटनको मुद्धामा सर्वोच्चले न्याय गरेपनि पार्टी व्युताउने कार्यमा भने खास न्याय नगरेको बताउदै अध्यक्ष प्रचण्डले एमालेमा माधव समुहको बर्चश्व बढ्ने बताए।  

    अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसालापछि ब्यूँतिएको एमाले एकीकृत रहन नसक्ने जिकिर गरेका छन्। एमालेतिर गएको माधव नेपाल समूहले अन्तमा विद्रोह गरेरै भएपनि आफूहरुतिर आउने दावि गरेका छन्। 

    बुटवलमा आयोजीत नेकपा माओवादी केन्द्रले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले पनि प्रतिक्रान्तिकारीहरु निकै सलबलाएको बताए। उनले अहिले आफुहरु रिल्याक्स गरेर बस्ने अबस्थामा नरहेकाले परी आए आन्दोलनका लागि पनि तयार रहन आग्रह गरेका छन्।