२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

युवा रेडक्रस सर्कल पक्लिहवा कृषि क्याम्पसको अध्यक्षमा सुचना

बुधवार , मंसिर २६, २०८१

  • 823
    Shares
  • 823
    Shares
  • भैरहवा, २६ मंसिर ।  पक्लिहवा कृषि क्याम्पस, पक्लिहवामा ‘युवा रेडक्रस सर्कल’ को वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनले सुचना थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।  

    सर्कलको उपाध्यक्षमा रणसिंह सुवेदी, सचिवमा भुवन ओढ, सह–सचिवमा कस्मिला राना, कोषाध्यक्षमा दिपक कुमार कान्दु र सह–कोषाध्यक्षमा सुदिप कुमार चौधरी रहेका छन् । त्यस्तै सदस्यहरुमा अस्मिता के.सी., शान्ति बोगटी, रामचन्द्र पन्त, तृप्ती भण्डारी र अपेक्षा प्रधान चयन भएको छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले मानवीय कार्यमा रेडक्रस तथा युवा रेडक्रसको भूमिका, प्राथमिक उपचार, तालिम, व्यक्तित्व विकास, विपद् व्यवस्थापन, रगत संकलन कार्यमा रेडक्रसले खेलेको भूमिकाको बारेमा भनाइ राखेका थिए ।

    कार्यक्रममा क्याम्पस प्रमुख डा.रामभजन मण्डल, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्ग, बेलहिया उपशाखाका निवर्तमान अध्यक्ष सुमन शर्मा, बेलहिया उपशाखाका पुर्व अध्यक्ष देवराज न्यौपाने, कोषाध्यक्ष पंकज उदास लगायतले युवा रेडक्रस पक्लिहवा कृषि क्याम्पसमा मात्र सीमित नरही समुदायको समग्र विकासमा सक्रिय रुपमा लाग्नुपर्ने बताए ।

    युवा रेडक्रस सर्कल पक्लिहवा कृषि क्याम्पसका अध्यक्ष नरेश उपाध्यायको सभापतित्व, उपाध्यक्ष रस्मिता के.सी.को स्वागत तथा सचिव रणसिंह सुवेदीकोे स१चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।