२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

बिभिन्न कार्यक्रम गरी मनाईयो पशुपति सहकारीको रजत महोत्सव

सोमवार , मंसिर २४, २०८१

भैरहवा । रुपन्देहीको तिलोत्तमा १५ कोटिहवामा रहको पशुपति बचत तथा ऋण सहकारी सस्था लिमिटेडले रजत महोत्सव मनाएको छ । 

सहकारी २५ बर्ष प्रबेशको अबसरमा सहकारीले बिभिन्न कार्यक्रम गरी रजत महोत्सव मनाएको हो । सहकारीले २५ औं साधारण सभा तथा रजत महोत्सवको अबसरमा बिभिन्न सामाजिक कार्य गरी मनाएको सस्थाका अध्यक्ष डोलराज बस्यालले जानकारी दिए । 

उनले रजत महोत्सवको अबसर पारेरे मानब सेवा आश्रम तिलोत्तमामा भोजन दान गरेको थियो भने रक्तदान, सरसफाइ तथा पशुपति कलेजमा अक्ष्यकोष स्थापना लगाएतका कार्यक्रम गरेको जानकारी दिए । 

साधारण सभा तथा रजत महोत्सव समापनको अबसरमा बोल्दै संघिय सांसद छविलाल बिश्वकर्माले सहकारीलाई मर्यादित ढंगले सञ्चालन गर्नु पर्नेमा जोड दिदै सहकारीमा देखिएका नकारात्मक कुरालाई हटाउदै जानु पर्ने बताए । 

उनले केहि सहकारीले सहकारीको मर्म विपरित कार्य गरेर सहकारी आन्दोलनलाई नै बद्नाम गराएको भएपनि अधिंकाश सहकारीले भने सहकारीको मर्म र भावना अनुरुप सञ्चालन भएको बताए । 

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवि चौधरी, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, सहकारी क्षेत्रका जानकार लगाएतले बोल्दै सहकारी क्षेत्रमा देखिएका बर्तमान समस्यालाई सबैको साझा प्रयासबाट समाधान गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले सहकारीलाई उत्पादन र रोजगारीसंग जोड्न सके सहकारीको अबस्था नबिग्रने बताउदै उत्पादनमा जोडिन आग्रह गरेका छन् । 

WhatsApp Image 2024-12-09 at 4.07.07 PM.jpeg

सस्थाका सचीव अर्जुन बस्यालको सन्चालनमा भएको कार्यक्रममा सहकारीका सस्थापक कार्यसमिति, पुर्व कार्यसमिति, उत्कृष्ठ बचतकर्ता, ऋणी, एसईइमा उत्कृष्ठ नतिजा ल्याउने सहकारी सस्थाका सेयरधनीका  छोराछोरी लगाएतलाई सम्मान गरिएको थियो ।