
सोमवार , मंसिर २४, २०८१
भैरहवा, २४ मंसिर । विश्व रेडियोग्राफी दिवसको अवसरमा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल, भैरहवामा ‘रेडियो डायग्नोसिस तथा मेडिकल इमेजिङ्ग विभाग’ को आयोजनामा हाजिरीजवाफ प्रतियोगिता (रेडियो क्वीज २०२४) सम्पन्न भएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय रुपमा रेडियोलोजी अन्तर्गत विकास भएका प्रविधि सम्बन्धमा छलफल, सिकाइ, बढी भन्दा बढी बिरामी मैत्री र रोगको निदान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीकृत रहेको थियो ।
युसीएमएस रेडियोलोजी विभागका प्रमुख तथा मेडिकल सुपरीटेण्डेण्ट प्रा.डा.सदन मुखीको सभापतित्व तथा दर्शना ढकालको सञ्चालनमा भएको कार्यक्रममा प्रा.डा.सन्तोष शाह, उप–प्राध्यापक डा.राजकुमार के.सी., उप–प्रा.डा.दिपान्जली शर्मा, डा.सन्तोष मिश्रा लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको अनुगमन सह–प्रा.डा.सन्जु रावल, डा.वर्दान ओली, डा.कृष्ण थापाले गरेका थिए ।
कार्यक्रममा समूह ‘ग’ अन्तर्गत डा.स्वेता गुप्ता, डा.सम्रक्ष लम्साल, डा.सम्झना मेहता, हिमेश्वरी लता चौधरी, मोहनन्द मेहता, राजकुमार ठाकुर र नारायणी अधिकारीको समूह प्रथम भएको थियो ।
समूह ‘क’ अन्तर्गत डा. दृष्टि लामिछाने, डा. अग्नी वाइवा, डा. महा मुन्नर, विविका कंडेल, विनिशा अधिकारी, मुना खत्री कार्की, नारायण कुमार चौधरी र राजाबाबु शाहको समुह द्वितीय भएको थियो ।
समूह ‘ख’ अन्तर्गत डा.नारायण बोहरा, डा.ममता अवस्थी, डा. पुजन बाटाजु, नम्रता चौधरी, गम्भिरलाल यादव, रोहित रोय र शिक्षा पोखरेलको समुह तृतीय भएको थियो । कार्यक्रमको संयोजन कृष्ण प्रसाद पोखरेलले गरेका थिए । विजेता समूहलाई मेडल तथा ट्रफी हस्तान्तरण गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij