२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

अमन बनिया भैरहवा बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा नियुक्त

आइतवार , मंसिर २३, २०८१

भैरहवा, २३ मंसिर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर नगरपालिका–१२, रुपन्देहीको सदस्यमा अमन बनिया नियुक्त भएका छन् । ‘२०७९ चैतमा सम्पन्न स्ववियु निर्वाचनमा लोकतान्त्रिक विद्यार्थी संघको एक सिट प्राप्त भएको पदमा निर्वाचनमा दर्ता भएको समानुपातिक लिस्टबाट अमन बनियालाई स्ववियु सदस्य पदमा नियुक्त गरी जिम्मेवारी दिइएको हो,’ स्ववियु अध्यक्ष सागर न्यौपानेले भने ।

लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का केन्द्रीय सदस्य तथा भैरहवा बहुमुखी क्याम्पस इकाई कार्यसमितिका उपाध्यक्ष समेत रहेका बनियालाई आइतबार नियुक्ति पत्र हस्तान्तरण गरिएको छ । 

नियुक्ति पत्र हस्तान्तरण कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झा, स्ववियु अध्यक्ष सागर न्यौपाने, लोविसंघका केन्द्रीय सचिव जैनुद्दीन देवान, विद्यार्थी नेता सुदामा थारु, ओक्कर युनुस, फुलचन्द हरिजन लगायतको उपस्थिति रहेको थियो ।