२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा अस्पतालमा सरसफाई

शुक्रवार , मंसिर २१, २०८१

  • 547
    Shares
  • 547
    Shares
  • भैरहवा, २१ मंसिर । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा बुधबार रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा स्वयंसेवक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।  

    कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय सभापति एवं केन्द्रिय सल्लाहकार गोविन्द खनाल, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकाल, शान्ति समाज रुपन्देहीका पूर्व सभापति लालप्रसाद पंगेनी (कृष्ण), अभियन्ता रीता सेन वली,  जिल्ला सभापति अर्जुन ज्ञवाली, अस्पतालको हाउस किपिङ्ग इन्चार्ज गीता ज्ञवाली, सह–सचिव अर्जुन कुवर, पदाधिकारी, आजीवन सदस्य, साधारण सदस्य लगायतको सहभागीता थियो ।

    कार्यक्रममा शान्ति समाजका निवर्तमान केन्द्रिय सभापति गोविन्द खनालले फोहोरले सर्वप्रथम मानिसले मस्तिष्क सफा गरी आफ्नो आचारण परिवर्तन गरेर मात्र फोहोर सफा हुने धारणा राखे ।

    जिल्ला सभापति अर्जुन ज्ञवालीले ३९ औं अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसले  सबैमा स्वयंसेवी भावना जागृत गराउने उद्देश्यले लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा सरसफाइ कार्यक्रम गरिएको बताए । उनले स्वयंसेवी कार्यमा लाग्दा आफूले के पाइन्छ नभनी अरूलाई के दिन सकिन्छ भन्ने चिन्तनले निर्देशित हुनुपर्नेमा जोड दिए । 

    कार्यक्रम जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, सचिव लिलाधर लुइँटेलको सञ्चालन तथा कार्यक्रम संयोजक सागर भुसालको संयोजनमा सम्पन्न भएको थियो ।

    WhatsApp Image 2024-12-05 at 1.58.52 PM.jpeg

    १७ डिसेम्बर १९८५ मा संयुक्त राष्ट्र संघ महासभाद्वारा पारित प्रस्ताव अनुरूप हरेक वर्ष ५ डिसेम्बरलाई आर्थिक तथा सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने निर्णय भएको थियो । सो क्रममा राष्ट्रसंघ महासभाले हरेक वर्ष ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दिवस मनाउन सरकारहरूलाई आमन्त्रण गर्दै, स्वयंसेवाको महत्वपूर्ण योगदानको बारेमा जागरूकता बढाउनका लागि कदम चाल्न समेत आग्रह गरेको थियो । जसले गर्दा देश विदेशमा स्वयंसेवकको रूपमा सेवा गर्न धेरैलाई प्रेरित गर्न सकियोस् भन्ने उद्देश्य रहेको छ ।

    स्वयंसेवालाई बढावा दिने र स्वयंसेवालाई समर्थन गर्न आह्वान गर्ने पर्वका रूपमा लिइने यो दिवस, स्वयंसेवी संस्था र व्यक्तिहरूका लागि समेत आफ्नो मेहनतलाई उत्सवका रूपमा मनाउने, आफ्ना मूल्यहरूलाई साझा गर्ने र समुदाय, गैरसरकारी संस्थाहरू, राष्ट्र संघका एजेन्सीहरू र सरकारी निकायका साथै निजी क्षेत्रमाझ आफ्नो कार्यलाई प्रवद्र्धन गर्ने अपूर्व अवसरको रूपमा पनि लिइन्छ ।