२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो रुपमा चलाउने विषयमा छलफलमा छौं : मन्त्री पाण्डे

बिहिवार , मंसिर २०, २०८१

  • 865
    Shares
  • 865
    Shares
  • रुपन्देही, २० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई नियमित रुपमा सञ्चालन गर्ने विषयमा आवश्यक पहलहरु भइरहेको बताएका छन् ।  

    सञ्चालनमा आएको साढे दुई वर्ष छि नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई दिगो रुपमा सञ्चालन गर्ने विषयमा अन्तर मन्त्रालय समन्वयका लागि आवश्यक पहल भइरहेको समेत उनले बताए । 

    विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले विमानस्थल दिगो सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा संरचना निर्माण गर्ने विषयमा सरकार गम्भिर रहेको उल्लेख गरे।

    मन्त्री पाण्डेले श्रम रोजगारका लागि जाने श्रमिकहरुलाई काठमाडौं नगइ भैरहवाबाट सबै काम पुरा गरेर गन्तव्यमा पुर्याउनका लागि आवश्यक पर्ने सबै काम यहीबाट हुने गरी सुरु गर्नुपर्ने बताए । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले विमानस्थललाई दिगो रुपमा सञ्चालन गर्नका लागि सबैले आवश्यक सहयोग गर्नुपर्ने बताए । मन्त्री भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको बताउँदै यसलाई निरन्तर रुपमा चलाउनका लागि सरकार लागिरहेको बताए ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विकल्पको रुपमा मात्रै नभएको भन्दै र यो विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोग गर्ने बताए । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रुपमा सञ्चालन गर्नका लागि सरकारसहित सबै पक्षले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

    सरोकारवालाहरुले विमानस्थललाई दिगो रुपमा सञ्चालन गर्नका लागि सरकार र निजी क्षेत्र दुवैले नीतिगत तथा संस्थागत रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन् ।