२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

स्वयंसेविकाले पुर्‍याएको योगदान प्रेरणादायी : स्वास्थ्यमन्त्री सारु

बिहिवार , मंसिर २०, २०८१

  • 865
    Shares
  • 865
    Shares
  • दाङ, २० मंसिर । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । स्वास्थ्य क्षेत्रमा स्वयंसेवाको महत्वपूर्ण योगदानलाई स्मरण गर्दै २१ औं  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वास्थ्यमन्त्री सारुले सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूमा सम्मान, कृतज्ञता र शुभकामना व्यक्त गरेका हुन् ।

    महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य प्रणालीको आधार स्तम्भ बनेर समुदायको स्वास्थ्य सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यमा अतुलनीय भूमिका निर्वाह गरेको स्मरण गर्दै स्वास्थ्यमन्त्री सारुले मातृ–शिशु स्वास्थ्य, खोप अभियान, पोषण, परिवार नियोजन, रोग नियन्त्रण लगायतका क्षेत्रमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले पुर्‍याएको योगदान प्रेरणादायी बनेको बताएका छन् ।

    स्वास्थ्य स्वयंसेविकाको माध्यमबाट स्वास्थ्य सेवाहरू दुरदराजसम्म प्रभावकारी रूपमा पुग्न सकेको उल्लेख गर्दै उनले लुम्बिनी प्रदेश सरकार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि, प्रोत्साहन, सेवा सुविधाको सुदृढीकरणमा प्रतिबद्ध रहेको जनाएका छन् ।