२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सियारीका युवा उद्यमीलाई विउपुँजी हस्तान्तरण

सोमवार , मंसिर १७, २०८१

भैरहवा, १७ मंसिर । रुपन्देहीको सियारी गाउँपालिकाभित्रका १७ जना युवालाई हरित उद्यम व्यवसायीको रुपमा छनौट गरी विउपुँजी अनुदान वितरण गरिएको छ । सामुदायिक उत्थानशिल कार्यक्रम कृषि उद्यममा जुटेका युवाहरुलाई विउपुँजी हस्तान्तरण गरिएको हो । सिडिएम नेपालको आयोजना तथा सियारी गाउँपालिकाको सहयोगमा हरित उद्यममा लागेका १७ जना युवालाई २० हजार रुपैयाँका दरले विउपुँजी हस्तान्तरण गरिएको हो । 

गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी युवा उद्यमीलाई गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, सिडिएम नेपालका सल्लाहकार बिष्णु खरेल लगायतले विउपुँजी अन्तरगतको चेक हस्तान्तरण गरेका छन् ।  

IMG_4337.JPG

हरित उद्यममा लागेका युवाहरुले तरकारी खेती, च्याउ खेती, कुखुरापालन, मोति खेती तथा होटल व्यवसाय गर्दै आएका छन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे तथा उपाध्यक्ष तारा थारुले युवाहरुलाई उद्यमशील बनाउनका लागि पालिकाले विभिन्न किसिमका कार्यक्रम लागू गरेको बताए । उनीहरुले पालिकाले लगाएको लगानीलाई प्रतिफल आउने गरी काम गर्न र सफल उद्यमी बन्न आग्रह गरे ।  

IMG_4345.JPG

युवाहरुलाई उद्यमशील बनाउनका लागि गाउँपालिका र सिडएम नेपालले विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको संस्थाका सामाजिक परिचालन अधिकृत दीपक क्षेत्रीले जानकारी दिए । विउ पुँजीवापतको रकम पाएपछि आफूहरुले सुरु गरेको व्यवसायलाई थप विस्तार गर्न टेवा पुगेको उनीहरुको भनाइ छ ।