२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लियो सिद्धार्थनगर बोहिमियन्सद्वारा ‘योगा फर फिटनेश’

सोमवार , मंसिर १७, २०८१

भैरहवा, १७ मंसिर । लियो क्लब अफ सिद्धार्थनगर बोहिमियन्सले ‘योगा फर फिटनेश’ कार्यक्रम गरेको छ । ६७ औं लियो वीक सेलिब्रेसन प्रोग्राम अन्तर्गत यो कार्यक्रम गरिएको क्लबकी संस्थापक अध्यक्ष सिर्जना कुँवर क्षेत्रीले बताइन् । कार्यक्रममा योगा प्रशिक्षण गरिएको उनले जानकारी दिइन् ।

सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित शिव मन्दिर प्रांगणमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक हिमाली मल्ल ठकुरीले बताइन् ।

लियो सिद्धार्थनगर बोहिमियन्सकी संस्थापक अध्यक्ष सिर्जना कुँवर क्षेत्रीको अध्यक्षता, लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका अध्यक्ष संजोगराज तिवारीको प्रमुख आतिथ्यता, लियो डिष्ट्रिक ३२५ पी एरिया–२ का एरिया चिफ मनिष ढकाल र योगा प्रशिक्षक अनिल ढकालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा ४० जनाको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2024-12-01 at 10.31.03_1ebfe3c5.jpg