२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

कपिलवस्तुको शुद्धोधन–१ : कांग्रेसले जितेको स्थानमा एमाले विजयी

सोमवार , मंसिर १७, २०८१

  • 553
    Shares
  • 553
    Shares
  • रुपन्देही, १७ मंसिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा नेकपा (एमाले) विजयी भएको छ । निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार मोहम्मद ताहिर मुसलमान १ हजार १ सय ५० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत प्राप्त गरे । 

    २०७९ सालको स्थानीय तह निर्वाचनमा यो वडामा कांग्रेसले जितेको थियो ।

    त्यस्तै जनमत पार्टीका उम्मेदवार सीताराम पटेल कुर्मी ४ सय २३ मतसहित तेस्रो भएका छन् । यो पालिकामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार तिलकराम यादव निर्वाचित भएका थिए । त्यतिबेला यादव १ हजार ३२ मतले विजयी हुँदा एमालेका अब्दुल मोजीब खाँले ८ सय ८९ मत पाएका थिए ।

    वडाअध्यक्ष तिलकराम यादवको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई ७६ मतले पछि पार्दै एमाले उम्मेदवार मुसलमानले विजयी भएका हुन् ।