२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रुपन्देही उद्योग संघबाट पञ्चकन्या समुह सम्मानित

शनिवार , मंसिर १५, २०८१

  • 751
    Shares
  • 751
    Shares
  • भैरहवा, १५ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा रहेको पञ्चकन्या समुह रुपन्देही उद्योग संघबाट सम्मानित भएको छ । संघले आफ्नो ४७ औं स्थापना दिवसको अबसरमा पञ्चकन्यालाई सम्मान गरिएको हो । 

    संघले पञ्चकन्या समुहलाई उत्कृष्ट रोजगारदाता उद्यमी २०८१ र औद्यागिक प्रशिक्षार्थी कार्यक्रम प्रवद्र्धनमा योगदान पुर्‍याएको भन्दै पञ्चकन्या स्टीललाई सम्मान गरेको हो । 

    स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहुलाई सम्मानपत्रले सम्मान गरेका हुन् । 
    पञ्चकन्याले गुणस्तरीय उत्पादनका साथमा रोजगार प्रवद्र्धनमा विशेष योगदान पुर्‍याएको छ ।