२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

प्याब्सन मायादेवीमा नयाँ नेतृत्व, अध्यक्षमा प्रमोद यादव

आइतवार , मंसिर ९, २०८१

  • 871
    Shares
  • 871
    Shares
  • भैरहवा, ९ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मायादेवी गाउँपालिका, रुपन्देहीको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । 

    प्याब्सन मायादेवी गाउँपालिका शाखामा प्रमोद यादवको अध्यक्षतामा पाँच सदस्यीय नयाँ समिति गठन भएको छ । जसको सचिवमा विरजु नाथ सिंह, कोषाध्यक्षमा राजेश यादव, सदस्यहरुमा शिवकुमार गुप्ता र रामसमुझ यादव चयन भएको निर्वाचन मण्डलका संयोजक एवं प्याब्सन लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष महेश भुर्तेलले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले निजी विद्यालयले शिक्षाको विकासमा ठुलो योगदान गरेको बताए । अहिले आएको एसईईको नतिजामा सामूदायिक विद्यालय भन्दा निजी विद्यालयको नतिजा उत्कृष्ट छ भन्ने देखाएको छ ’पन्थीले भने, ‘निजी विद्यालयहरुले अझ निर्धक्क भएर चलाउँदै अझ थप विशिष्टीकरण र प्रविधिमैत्री बनाएर लैजानुपर्छ ।’

    कार्यक्रममा मायादेवी गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद लामिछाने, प्याब्सन लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष महेश भुर्तेल, प्याब्सन रूपन्देहीका अध्यक्ष अनन्तराज शर्मा, रूपन्देहीका वरिष्ठ उपाध्यक्ष एक नारायण काफ्ले, उपाध्यक्ष कुलराज शर्मा, सचिव दिपक खनाल, प्याब्सन सिद्धार्थनगरका निवर्तमान अध्यक्ष गोकुल पोखरेल, प्याब्सन मायादेवीका प्रमुख सल्लाहकार भरत गिरी गोसाइँ, रूपन्देही सदस्य चद्रिका चाइ, एभरग्रीन प्यासिफिक स्कूलका प्रबन्ध निर्देशक अनिल कुमार कुर्मी लगायतले भनाइ राखेका थिए ।

    WhatsApp Image 2024-11-24 at 3.58.56 PM.jpeg