२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

बैंकहरुसँग बुटवल हस्पिटल प्रा.लि.को उपचार सम्झौता

शुक्रवार , मंसिर ७, २०८१

  • 982
    Shares
  • 982
    Shares
  • बुटवल, ७ मंसिर । बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो बजार प्रवद्र्धन अभियान अन्र्तगत बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य अघि बढाएको छ । हस्पिटलले कुमारी बैंक लिमिटेड र लक्ष्मी विकास बैंकसँग उपचार सहकार्यमा हस्ताक्षर गरेको छ । 

    एक समारोहकाबीच बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले हस्ताक्षर गरे । अस्पताल र बैंकहरुबीचको सहकार्यले दुवै पक्षको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    सो अवसरमा अध्यक्ष पौडेलले उपचारका लागि बुटवल बाहिर जान नपर्ने अवस्थाको सिर्जनाका लागि अस्पताल लागिपरेको बताए । उनले सबैको सहयोगले मात्र बुटवललाई मेडिकल हबका रुपमा चिनाउन सकिने धारणा राखे । उनले यस्तो सहकार्य यस क्षेत्रका संघ–संस्था, उद्योग प्रतिष्ठान, शैक्षिक संस्था लगायत सबैसँग हुने बताए ।

    सो अवसरमा कुमारी बैंकका लुम्बिनी प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे, बुटवल शाखा प्रमुख अम्बिका प्रसाद बस्याल, बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, हस्पिटलका जनरल म्यानेजर देवेश कर्ण, अपरेशन प्रमुख सरोज चौधरी, बजार शाखाका आदित्य आचार्य, सुमन तिमिल्सिना लगायतको सहभागीता थियो । 

    त्यसै गरी हस्पिटलले लक्ष्मी सनराईज बैक लिमिटेडसँग पनि बजार प्रवद्र्धन अन्र्तगतको सम्झौता गरेको छ । 

    सो अवसरमा बैंकका लुम्बिनी प्रदेश प्रमुख ओम प्रकाश कंडेल, बुटवल अमरपथ शाखा प्रमुख विजय गौतम लगायतले बैंकको तर्फबाट हस्ताक्षर तथा धारणा राखेका थिए । सम्झौतासँगै दुवै बैंकका कर्मचारी तथा सेवाग्राहीहरुलाई बुटवल हस्पिटल प्रा.लि.ले उपचार सुविधा प्रदान गर्ने भएको छ ।